फ्रान्सको नयाँ प्रधानमन्त्रीमा बाइरु नियुक्त

२०८१ मंसिर २९, शनिबार

काठमाडौँ : फ्रान्सको नयाँ प्रधानमन्त्रीमा फ्रांस्वा बाइरु नियुक्त भएका छन्। जारी राजनीतिक किचलोका बिच राष्ट्रपति इमानुएल म्याक्रोनले मध्यमार्गी नेता  बाइरुलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

७३ वर्षिय बाइरु मोडेम पार्टीका नेता हुन्। उनले फ्रान्सको राजनीतिमा मध्यमार्गी नेताको परिचय बनाएका छन्।  निवर्तमान प्रधानमन्त्री मिशेल बार्नियर पदबाट मुक्त भएपछि राष्ट्रपति इमानुएलले जारी गतिरोध अन्त्यका लागि बाइरुलाई रोजेका हुन्। प्रधानमन्त्रीमा नियुक्त गर्नु अघि म्याक्रोनले उनीसँग दुई घण्टा बढी छलफल गरेका थिए।

बाइरु सरकारमा आएसँगै फ्रान्सको जारी राजनीतिक अस्थिरता सम्बोधन हुने विश्वास गरिएको छ। नयाँ प्रधानमन्त्रीले संसदीय निर्वाचन गर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका छन्।

राष्ट्रपति म्याक्रोनले संसदीय निर्वाचन गर्ने घोषणा गरिसकेका छन्। त्यसयता फ्रान्समा राजनीतिक गतिरोध उत्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार