चितवनले जनकपुरलाई दियो १८१ रनको विशाल लक्ष्य

२०८१ मंसिर २९, शनिबार

काठमाडौ : कप्तान कुशल मल्ल र रवि बोपाराको शतकीय साझेदारीमा नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेअफमा स्थान बनाउन जित्नैपर्ने दबाबमा रहेको खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्ससामु १ सय ८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको हो।

चौथो विकेटका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले १ सय १३ रनको साझेदारी गरेपछि चितवनले जनकपुरलाई विशाल लक्ष्य दिएको हो।

कप्तान कुशल ७२ रन बनाउँदा क्याच आउट हुन पुगे। कुशलले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दा जेम्स निसमको बलमा अनिल शाहको हातबाट क्याच आउट भए।

रवि ४४ रनमा क्याच आउट भए। ३२ बलमा ५ चौका र १ छक्का हानेका रवि ललित राजवंशीको बलमा अनिल शाहको हातबाट क्याच आउट हुँदै पेभेलियन फर्के।

ओपनर हसन इसाखिल २८ रन बनाउँदा हर्ष ठाकेरको बलमा विकेट किपर लाहिरु मिलान्थाको बलमा क्याच आउट हुन पुगे। बसिल हमिद २ र सोहेल तनविर ५रनमा अविजित रहे।

विपिन रावल ३ र बनाउँदा ललित राजवंशीको बलका अनिल शाहको हातबाट क्याच आउट भए।

१४ रन बनाएका सन्तोष कार्की मोहम्मद मोहसिनको बलमा बोल्डआउट भए।

जनकपुरका लागि ललित राजवंशीले २ विकेट लिए। हर्ष ठाकेर, जेम्स निसम र शेर मल्लले समान एक विकेट लिए।

जनकपुरले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार