नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी

२०८१ मंसिर २९, शनिबार

काठमाडौं : नेपाल नर्सिङ संघको २०औँ केन्द्रीय कार्यसमितिका लागि निर्वाचनबाट प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहको प्यानल नै विजयी भएको छ ।

केहीबेर अघि सम्पन्न मतगणनामा शर्मा नेतृत्वको समूहले गंगा थापा नेतृत्वको अर्को समूहलाई पराजित गरेको हो । अध्यक्ष पदमा शर्माले २१५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेकी थापाले १३७० मत मात्रै प्राप्त गरिन्। यस्तै अध्यक्ष पदको अर्को उम्मेद्धार बसन्ती थापाले २८२ मत मात्रै प्राप्त गरिन् ।

यस्तै बरिष्ठ उपाध्यक्षमा शर्मा समूहका रमेश सुब्बाले २०६० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कल्पना श्रेष्ठ जोशीले १५९७ मत प्राप्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार