कस्तो रहनेछ आजको मौसम ?

२०८१ मंसिर ३०, आईतवार

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यका र तराईका केही स्थानहरूमा भने हुस्सु तथा कुहिरो लागेको अवस्था छ । आज दिउसो  देशभर मौसम मुख्यतया सफा रहने छ ।

राति पनि यो सिलसिलाले निरन्तरता पाउनेछ । सोमबार भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार