अभिभावकविहीन ९४ बालबालिकालाई भत्ता

२०८१ मंसिर ३०, आईतवार

अमरगढी : नवदुर्गा गाउँपालिकाका अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । आर्थिक वर्ष २०७४÷७५ देखि गाउँपालिकाले उक्त भत्ता प्रदान गर्दै आएको हो ।

पालिकाका उपप्रमुख निर्मला विष्टका अनुसार ती बालबालिकालाई जनही रु एक हजार प्रदान गरिएको हो । त्यसबाट उनीहरूलाई थोरै भए पनि सहयोग पुग्ने छ । भत्ता रकम आमाबाबु गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्षमुनिकालाई प्रदान हुँदै आएको छ । गाउँपालिकाले राहत तथा उद्धारकोषमार्पmत कार्यविधि जारी गरेर सुरक्षा भत्ता प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार