आत्मदाह गरेकी कमलाको ‘सुसाइड नोट’ : श्रीमान र छोराहरू खुशीसाथ बस्नू

२०८१ मंसिर ३०, आईतवार

काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ को किरातचोक नजिक बागमती नदी किनारमा आत्मदाह गर्ने महिलाको ‘सुसाइड नोट’ फेला परेको छ ।

चितवनकी ३८ वर्षीया कमला आचार्यले शनिबार दिउँसो बा ३५ प ५८१८ नम्बरको स्कुटरमा आएर बागमती खोला किनार नजिक खाली जग्गामा १२ बजे पेट्रोल छर्केर आगो लगाएकी थिइन् । प्रहरी वृत्त नयाँ बानेश्वरले फेला पारेको सुसाइड नोटमा आचार्यले आफ्नै कारण श्रीमान र छोराहरूले दुःख पाएकाले सबैलाई छाडेर जान आफूले आत्मदाह गर्नुपरेको उल्लेख गरेकी छिन् ।

नोटमा लेखिएको छ, ‘म कसैलाई दुःख दिन चाहन्न । श्रीमान र छोराहरू खुशी साथ बस्नू ।’ मृत महिलाका १३ र ३ वर्षका दुई छोराहरू छन् । आगो लागेपछि उनलाई सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो, तर आइतबार बिहान ५ः४५ मा मृत्यु भयो । शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

ताजा समाचार