काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र विष्णु पौडेल र शंकर पोखरेलको गुट नरहेको भन्दै दुवै नेता आफ्नो लागि बराबर रहेको प्रष्ट पारेका छन् ।
केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशाला गोष्ठीमा प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल आफ्नो लागि एउटा नजिक र अर्को टाढा नभएको बताएका हुन् ।
कार्याशाला गोष्ठीको दोस्रो दिन औपचारिक सम्बोधनको लाइभ काटेर मिडियालाई बाहिर पठाएपछि अध्यक्ष ओलीले पार्टीभित्र कसैको गुट नरहेको र गुटबन्दी स्वीकार्य पनि नहुने प्रष्ट पारे ।