कार्गो जहाज उद्धार गर्न गएको हेलिकोप्टर दुर्घटना, एक जनाको मृत्यु

२०८१ मंसिर ३०, आईतवार

एजेन्सी : पेट्रोलियम पदार्थ बोकेका दुई रूसी कार्गो जहाज फस्न पुगेका छन् । रसिया र हालै विलय गरिएको क्रिमिया बीचको केर्च स्ट्रेटमा खराब मौसमका कारण समस्यामा परेको रूसको आपतकालीन मन्त्रालयले जनाएको छ ।

सोही क्रममा एक हेलिकप्टरमा उद्धार टोलीका सदस्यहरू दुई जहाज मध्ये एउटाको उद्दारका लागि उडेको थियो, जुन भुइँमा ठोक्किएर क्षतिग्रस्त भएको छ, जसमा एक जनाको मृत्यु भएको बताइएको छ । तर, जहाजको १३ जना चालक दललाई भने बाहिर निकालिएको छ।

दोस्रो कार्गो जहाज, भोल्गोनेफ्ट सोही क्षेत्रमा खराब मौसमका कारणा अनियन्त्रित भइ बगिरहेको छ, दोस्रो जहाजमा १४ जना सवार रहेको रूसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार