दुर्गा प्रसाईंले व्यवसायीलाई धम्क्याउन टिम नै परिचालन गरेको प्रहरीको निष्कर्ष

२०८१ पुष १, सोमबार

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउन टिम नै परिचालन गरेको प्रहरीले अनुसन्धानका क्रममा निष्कर्ष निकालेको छ ।

भारतमा बसेर व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयल पक्राउ परेपछि प्रसाईं र अरू ३ जनाको संलग्नता खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । लरेन्स विश्नोइको नाममा धम्की दिन समूह नै परिचालन गरेको भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले प्रसाईं विरुद्ध संगठित अपराधमा पनि अनुसन्धान सुरु गरेको छ ।

एउटा कसुरमा संगठित अपराध जोडिएपछि ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने अधिकार प्रहरीलाई हुन्छ । प्रसाईं निकट हरिचन्द्र फुयलले व्यवसायीलाई धम्क्याउन आफूलाई प्रसाईंले ५ लाख दिएको बयान दिएका छन् । फुयालमाथि अनुसन्धान गर्दै जाँदा प्रसाईंले परिचालन गरेका थप ३ जनाको कनेक्सन भेटिएको छ ।

नेपालमै रहेका थप दुई जना र विदेशमा बस्ने १ जनाले प्रसाईंको योजनालाई सघाएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार