शोभा पाठक पक्राउ

२०८१ पुष १, सोमबार

काठमाडौँ : प्रहरीले साइबर अपराध कसुरमा एक महिलालाई पक्राउ गरेको छ ।

राजकुमार त्रिपाठीको जाहेरीमा प्रहरीले शोभा पाठकलाई सोमबार राजधानीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । त्रिपाठीले उनीविरुद्ध मंसिर २८ मै जाहेरी दिएकोमा हाल आएर प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई प्रहरी वृत्तको हिरासतमा राखिएको छ भने यसबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार