७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

२०८१ पुष २, मंगलवार

काठमाडौँ : अस्ट्रेलिया महादेशमा पर्ने भानुआटुको पोर्ट भिला नजिक ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकाको भूगर्भ सर्वेक्षण अनुसार भूकम्प राजधानी पोर्ट भिलादेखि ३७ किलोमिटर टाढा र १० किलोमिटर गहिराइमा केन्द्र भएर मंगलबार भूकम्प गएको हो। सामाजिक सञ्जालमा पोष्ट गरिएका फुटेजमा अमेरिका, फ्रान्स, न्यूजिल्याण्ड र बेलायती दूतावासहरूका भवनमा झ्यालका सिसा फुटेको र पर्खालहरु भत्किएका छन्।

रोयटर्स समाचार एजेन्सीका अनुसार, यस भूकम्पमा घाइते वा मृत्युको कुनै प्रारम्भिक जानकारी आइसकेको छैन। भूकम्पपछि तटीय क्षेत्रमा छालहरू देखिएको भन्दै, छिमेकी टापुहरूको लागि सुनामी चेतावनी जारी गरिएकाे छ। चेतावनीमा फिजी, केरमाडेक टापुहरू, किरिबाटी, न्यू क्यालेडोनिया, पपुवा न्यू गिनी, सोलोमन टापुहरू, टुभालु र वालिस र फुटुनालगायतका देशहरूलाई रहेका छन्।

अस्ट्रेलियाको मौसम विज्ञान विभाग र न्यूजिल्याण्डका अधिकारीहरूले यी देशहरूमा सुनामीको कुनै खतरा नरहेको जानकारी दिएका छन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
2
+1
0
+1
0

ताजा समाचार