मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा

२०८१ पुष २, मंगलवार

काठमाडौँ : मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

पुस १ गते सोमबारका दिन बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ ।उक्त बैठकले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार