करेन्ट लागेर बुवाको निधन, छोरा घाइते

२०८१ पुष ३, बुधबार

इनरुवा : सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ४  मंगलबार आफ्नो खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। अर्को एकजना घाइते भएका छन्।

पानी तान्ने मोटरबाट करेन्ट लागेर देवानगञ्ज ४ का ३८ वर्षीय राजा मेहताको मृत्यु भएको र उहाँका १५ वर्षीया छोरा करण मेहता गम्भीर घाइते भएका हुन्। करेन्ट लागेर बेहोस भएका राजा मेहतालाई कोशी अस्पताल विराटनगर पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो।

मृतकका छोरा करण मेहताको उपचार भइरहेको र अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यलाय देवागनञ्जका प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार