भूकम्पमा मृत्यु हुनेको संख्या १४ पुग्यो

२०८१ पुष ३, बुधबार

काठमाडौँ : भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।

मृतकको संख्या अझै बढ्न सक्ने बताइएको बीबीसीले जनाएको छ। भानुआटुमा मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा परी २ सय जना घाइते पनि भएका छन्। भूकम्पका कारण भवनहरू ध्वस्त भएका छन्।

त्यहाँस्थित अमेरिका, फ्रान्स, बेलायत र न्युजिल्यान्डका दूतावासमा पनि बिजुली अवरुद्ध भएको छ। मोबाइल सेवा पनि ठप्प छ।भानुआटु प्रहरीले सात दिनका लागि ‘आपत्‌कालीन अवस्था’ लागू गरिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
3
+1
2
+1
2
+1
1
+1
1

ताजा समाचार