काठमाडाैं : विप्लव नेतृत्वको नेकपाले प्रचण्डको कारण माओवादीसँगको एकतामा ढिलाइ हुन पुगेको निष्कर्ष निकालेको छ ।
कपिलवस्तुमा बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले सो निष्कर्ष निकालेको हो । तत्काल माओवादी–नेकपा एकता नभए विचार संश्लेषणका लागि ६ महिनाभित्र विशेष महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्ने निर्णय बैठकले गरेको छ । एकताका लागि माहौल नभए आफ्नोतर्फबाट थप पहल नगर्ने भन्दै नेकपाले माओवादीको आगामी केन्द्रीय समितिको निर्णय गरेर पार्टी अघि बढ्ने निष्कर्ष समेत निकालेको छ ।
माओवादी केन्द्र र सो पार्टीका अध्यक्ष प्रचण्ड तर्फबाट एकतामा ढिलाइ देखिएकाले केही अलमलको अवस्था समेत देखिएको एक नेताले बताए । माओवादीले विप्लवसँगै बाबुराम भट्टराईको पार्टीबाट फुटेको समूहलाई आफ्नो पार्टीमा भित्र्याउने बताएपनि औपचारिक निर्णय गर्न ढिलाइ गर्दै आएको छ ।
अब पुस तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकले आवश्यक निर्णय लिने विश्वास गरिएको छ ।