०८४ सम्म माओवादी सरकारमा जानुहुन्न : रामनारायण बिडारी

२०८१ पुष ३, बुधबार

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले ०८४ सालभन्दा अघि पार्टी सरकारमा जान नहुने बताएका छन् ।

उनले भने, ‘०८४ भन्दा अघि माओवादी सरकारमा जानैहुन्न । प्रधानमन्त्री नै पाए पनि जानहुन्न र ०८४ को निर्वाचन एक्लै लड्नुपर्छ ।’ अगाडि उनले भने, ‘तर, यदि नयाँ सरकार बनाउनुपर्ने अवस्था आए पार्टीका मन्त्री हुन पल्केका केही नेताहरूले जोड गर्नेछन् र स्थायी समितिको निर्णय हो भनेपछि कुरै सकियो । म त त्यहाँ छैन । यस्तै हुन्छ, हेर्नुस् ।’

उनले माओवादीलाई प्राप्त जनमत सरकारमा जानका लागि नभएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार