रवि लामिछानेलाई रहरले नभई अनुसन्धान गर्न ठाउँ-ठाउँ घुमाइएको हो : गृहमन्त्री लेखक

२०८१ पुष ३, बुधबार

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई रहरले नभई अनुसन्धान गर्न ठाउँ-ठाउँ घुमाइएको बताएका छन् ।

बुधबार इलाका प्रशासन कार्यालय, रामपुरको नवनिर्मित भवन उद्‌घाटन गर्दै गृहमन्त्री लेखकले सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री लामिछानेलाई अनुसन्धान गर्न प्रहरीले ठाउँ-ठाउँ घुमाइएको बताएका हुन् । ‘जतिसुकै ठूलो मान्छे भए पनि अनुसन्धान हुन्छ । सबैमाथि अनुसन्धान  हुन्छ । सरकार भ्रष्टाचार नियन्त्रण गरेर सुशासन काम गर्न लागि परेको छ । त्यहीअनुसार लामिछानेमाथि अनुसन्धान भइरहेको छ,’ लेखकले भने ।

गृहमन्त्री लेखकले राष्ट्रिय एजेन्डालाई सम्बोधन गर्न दुई ठूला दल कांग्रेस र एमाले मिलेको बताए । गृहमन्त्री लेखकले दिगो शान्ति, विकास र सुशासन कायम गर्न वर्तमान सरकार बनेको बताए । कांग्रेस र एमाले मिल्दा सबै क्षेत्रमा आत्मविश्वास बढेको र संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउने गृहकार्यमा सरकार लागिपरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार