परराष्ट्रमन्त्री डा. देउवा जर्मनीबाटै सिधै भारत प्रस्थान

२०८१ पुष ४, बिहीबार

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन् ।

परराष्ट्रमन्त्री देउवाले बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गरेकी थिइन् । जर्मनीमा रहँदा उनले यौनिक र लैङ्गिक अल्पसंख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी थिइन् । सो अवसरमा परराष्ट्रमन्त्री देउवाले लैङ्गिक अल्पसंख्ययकहरूले विश्वभर सामना गर्नुपरेका हिंसा, उत्पीडन र प्रणालीगत असमानताका चुनौतीहरूबारे चर्चा गरिन् ।

साथै, उनले नीतिमा आधारभूत रूपान्तरणको आवश्यकता औंल्याउँदै, नारीवादी परराष्ट्र नीतिले दीर्घकालीन परिवर्तन गर्न सक्ने सम्भावनाका विषयमा चर्चा गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार