इन्डोसकोपी गरेपछि ओली आराममा

२०८१ पुष ४, बिहीबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले इन्डोसकोपी गरेका छन् । बिहीबार बिहान साढे नौ बजे त्रिवि शिक्षण अस्पतालमा ओलीको इन्डोसकोपी गरेको अस्पताल स्रोतले जनाएको छ ।

इन्डोसकोपी गरेपछि ओली बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बसेका छन् । बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको छ भने नास्टको पूर्व निर्धारित कार्यक्रममा समेत ओली सहभागी भएनन् ।

‘उहाँको (प्रधानमन्त्रीको) नियमित इन्डोसकोपी गर्नुपर्ने थियो र गरेको हो’, बालुवाटार स्रोतले भन्यो, ‘धपेडी नहोस् भनेर बिहीबारको औपचारिक कार्यक्रममा सहभागी नहुनुभएको हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार