एनपीएल : दीपेन्द्रले जिते कार, ललितलाई बाइक

२०८१ पुष ६, शनिबार

काठमाडौं : नेपाल प्रिमियर लिगको यस संस्करणको उत्कृष्ट खेलाडी बनेका दीपेन्द्रसिंह ऐरीले कार पुरस्कार पाएका छन् ।

दीपेन्द्रले ओमोडाको ई९५ कार पुरस्कारको रूपमा पाएका हुन् । हाल यसको नेपाली बजार मूल्य ६१ लाख रुपैयाँभन्दा माथि छ ।

त्यस्तै, उत्कृष्ट बलरको उपाधि ललित राजवंशीले जितेका छन् । प्रतियोगितामा १७ विकेट लिएका उनले अल्ट्राभायोलेट एफ–७७ बाइक पाएका छन् । यस बाइकको मूल्य १० लाख रुपैयाँ तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार