महाराजगञ्जमा तीन सवारी साधन ठोक्किएर दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

२०८१ पुष ६, शनिबार

काठमाडौं : काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित सडकमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बा.१३ च ६२८५ नम्बर बोलेरो गाडी, बा.२ ख ६७२९ नम्बरको बस र बा.१८ प ४७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर घर भई काठमाडौं बुढानिलकण्ठ पासीकोट बस्ने ५४ वर्षीय पदम बहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार चाबहिलतर्फबाट आउँदै गरेको बोलेरोले विपरीत दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिएको थियो।  पछि दुवै सवारी साधन चाबहिलतर्फ जाँदै गरेको बसमा ठोक्किन पुगेका थिए ।

प्रहरीले बस चालकलाई  नियन्त्रणमा लिएकोमा बोलेरो चालक भागेका थिए । उनी शनिबार दिउँसो प्रहरी कार्यालयमा उपस्थित भएको महाराजगञ्ज वृत्तका डिएसपी रबिन्द्र पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार