जनकपुरको जितको खुशीयालीमा सखुवा प्रसौनी गाउँपालिकामा स्थानीय विदा

२०८१ पुष ६, शनिबार

जनकपुर : जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगको उपाधि जित्दै मधेस प्रदेशको नाम राखेको खुशीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आइतबार स्थानीय विदा दिने निर्णय गरेको छ।

गाउँपालिकाको कार्यपालिकाको निर्णयअनुसार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, र स्वास्थ्य चौकीमा (अति आवश्यक सेवा बाहेक) एक दिनको स्थानीय बिदा दिइएको गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले बताए। गाउँपालिकाका अध्यक्ष यादवले जनकपुर बोल्ट्सको ऐतिहासिक जितले मधेस प्रदेशको गौरव बढाएको भन्दै यो अवसरलाई विशेष उत्सवका रूपमा मनाउन स्थानीय विदा दिने निर्णय भएको सुनाए।

यो जितले मधेस प्रदेश मात्र नभई सिंगो नेपालको खेलकुदमा एउटा नयाँ इतिहास र सम्भावनाको ढोका खोलेको अध्यक्ष यादवको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार