१३.५३ अंकले घट्यो सेयर बजार, कारोबार साढे ४ अर्ब

२०८१ पुष ७, आईतवार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १३.५३ अंक (०.५३ प्रतिशत) ले घटेको छ । बजार २५८३.२९ बिन्दुमा रोकिएको छ ।

आइतबार कुल ३ सय १९ धितोपत्रको ५७ हजार ८ सय ६३ वटा कारोबार भएको छ । यस दिन ९१ लाख ८० हजार ७ सय १८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७ रुपैयाँ बराबर कारोबार भएको छ ।

आइतबार जलविद्युत्, उत्पादन तथा प्रशोधन बाहेक सबै उपसमूहको मूल्य घटेको छ । सबैभन्दा धेरै (२.०५ प्रतिशत) विकास बैंक उपसमूहका लगानीकर्ताले गुमाएका छन् । लगानी उपसमूहका लगानीकर्ताले १.१८ प्रतिशत बराबर घाटा बेहोरेका छन् ।

घटेको बजारमा पनि आइतबार चार वटा धितोपत्रको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, बाराही हाइड्रोपावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । सुपर मादी हाइड्रोको ९.९९ र पिपुल्स पावरको मूल्य ९.७१ प्रतिशतले बढेको छ ।

आइतबार सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ६.४० प्रतिशतले घटेको छ । मायाखोला हाइड्रोको ६.१२, गरिमा विकास बैंक ४.५२ र नारायणी विकास बैंकको सेयर मूल्य ४.३८ प्रतिशतले घटेको छ । आज रिभर फल्स पावर कम्पनीको सबैभन्दा धेरै (२२ करोड ३ लाख रुपैयाँ) को कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार