काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा आएको रकम कुनै सहकारीबाट आएको भन्ने दस्तावेज नरहेको भन्दै बयान दिएका छन् ।
उनीसहितका व्यक्तिविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दर्ता भएको छ । तर लामिछाने आफूमाथि लागको आरोपको इन्कार गर्दै बयान दिएका छन् । जीबीले सहकारी संस्थाबाट पैसा ल्याएकाे जानकारी आफू पदमा रहुन्जेलसम्म नदिएको उनको बयान छ ।
‘म सम्बद्ध गोर्खा मिडियाले मेरो जानकारी, सहमति, उपस्थिति वा योजनामा कुनै पनि सहकारी संस्थाबाट पैसा लिने लिखित वा मौखिक कुनै प्रकारको सहमति, सम्झौता, करार गरेको थिएन । उनीहरूले गरेको लगानीको स्रोत सहकारी संस्थाबाट आएको भन्ने कुरा स्थापित हुने कुनै आधिकारिक दस्तावेज गोर्खा मिडियामा प्राप्त छैन र थिएन,’ बयानका क्रममा भनेका छन् ।