स्वदेश फर्किइन् परराष्ट्रमन्त्री राणा

२०८१ पुष ८, सोमबार

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् ।

गत मंसिर २२ गते युरोप प्रस्थान गरेकी परराष्ट्रमन्त्री राणा त्यतैबाट भारत भ्रमणमा गएकी थिइन् । सोमबार उनी भारतको नयाँ दिल्ली हुँदै काठमाडौं अवतरण गरेकी हुन् । उनी युरोपका केही कार्यक्रममा सहभागी भएर पुस ४ गते जर्मनीको बर्लिनबाट नयाँ दिल्ली गएकी हुन् ।

परराष्ट्रमन्त्री राणाले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा नेपालका प्रतिनिधित्व गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार