टाटा सुमो दुर्घटना, एक जना घाइते

२०८१ पुष १०, बुधबार

खोटाङ : काठमाडौंबाट फेदी आउँदै गरेको सुमो दुर्घटना भएको छ ।

ना १ ज ७१८१ नम्बरको टाटा सुमो केपिलासगढी गाउँपालिका–३ बास्पानीको राँचीमा दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा केपिलासगढी–१ फेदीका ७३ वर्षीय दुर्गाप्रसाद राई घाइते भएका छन् । गाडी रोकिराखेको ठाउँबाट ब्याक भएर करिब दुई सय मिटर तल खसेको प्रहरीले बताएकाे छ ।

घाइतेको बास्पानीस्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार