दुई सहायक हवल्दारसहित ३० प्रहरी सम्पर्कविहीन

२०८१ पुष ११, बिहीबार

काठमाडौं : प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन दुई सहायक हवल्दारसहित ३० जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ ।

कार्यालयको कानुन शाखाले बिहीबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरूलाई सेवाबाटै हटाइने चेतावनी दिएको हो । दुई प्रहरी सहायक हवल्दार र प्रहरी जवानसहित ३० प्रहरी झण्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ ।

गैरहाजिर हुनेमा प्रहरी सहायक हवल्दारद्वय सुन्दर सेन र वुद्धिमान तामाङसहितका प्रहरी रहेका प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । समयमै हाजिर भए उनीहरुलाई सफाइको मौका दिइने अन्यथा प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को खण्ड (च) को कसुरअनुसार सेवाबाट हटाउने चेतावनीसमेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार