इजरायलले युद्धविराम सम्झौतामा ढिलाइ गर्‍यो: हमास

२०८१ पुष ११, बिहीबार

काठमाडौँ : इजरायलले गाजाबाट आफ्नो फिर्ता, युद्धविराम, बन्दी–बन्धक आदानप्रदान र विस्थापित प्यालेस्टिनीहरूको फिर्तासम्बन्धी नयाँ सर्तहरू राखेको छ। जसले उपलब्ध भएको सम्झौतामा पुग्न ढिलाइ गरेको हमासले जनाएको छ। युद्धविराम र कैदी आदानप्रदान वार्ता दोहामा कतारी र इजिप्टको मध्यस्थतामा गम्भीर रूपमा अगाडि बढिरहेको छ। कतारी, इजिप्टियन र अमेरिकी मध्यस्थकर्ताहरूको नेतृत्वमा प्रयासहरूले प्रगति देखाएको बताइएको छ।

इजरायलले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमानामार्फत हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ। जसमा करिब १ हजार २ सय मानिस मारिएका थिए। २५० जनालाई बन्धक बनाइएको थियो। गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या बढेर ४५ हजार ३६१ पुगेको छ। एजेन्सी इजरायलले युद्धविराम सम्झौतामा ढिलाइ गर्‍यो

काठमाडौँ : इजरायलले गाजाबाट आफ्नो फिर्ता, युद्धविराम, बन्दी–बन्धक आदानप्रदान र विस्थापित प्यालेस्टिनीहरूको फिर्तासम्बन्धी नयाँ सर्तहरू राखेको छ। जसले उपलब्ध भएको सम्झौतामा पुग्न ढिलाइ गरेको हमासले जनाएको छ। युद्धविराम र कैदी आदानप्रदान वार्ता दोहामा कतारी र इजिप्टको मध्यस्थतामा गम्भीर रूपमा अगाडि बढिरहेको छ। कतारी, इजिप्टियन र अमेरिकी मध्यस्थकर्ताहरूको नेतृत्वमा प्रयासहरूले प्रगति देखाएको बताइएको छ।

इजरायलले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमानामार्फत हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ। जसमा करिब १ हजार २ सय मानिस मारिएका थिए। २५० जनालाई बन्धक बनाइएको थियो। गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या बढेर ४५ हजार ३६१ पुगेको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार