म्याग्दीमा टिपर दुर्घटना हुदा दुई भारतीयको मृत्यु

२०८१ पुष ११, बिहीबार

म्याग्दी : म्याग्दीमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । निर्माणाधीन ४२ मेगावाट क्षमताको राहुघाट हाइड्रोपावरको टिपर दुर्घटना हुँदा दुई भारतीयको निधन भएको हो ।

मृत्यु हुनेमा भारतका ३३ वर्षका दशरथ यादव र सह चालक ४० वर्षका शत्रुधन रजक छन् । पिप्लेमा रहेको हाइड्रोपावरको अडिट ३ बाट अडिट २ तर्फ जाने क्रममा डिपि २ ए ७५६८ नम्बरको भारतीय टिपर दुर्घटना भएको म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार