सहकारीको एक रुपैयाँ पनि खाएको छैन : रवि लामिछाने

२०८१ पुष ११, बिहीबार

कास्की : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको एक रुपैयाँ पनि नखाएको बयान दिएका छन्।

जिल्ला अदालत, कास्कीमा बिहीबारदेखि सुरु थुनछेक बयानमा उनले सहकारी ठगीमा संलग्नता नरहेको  र सहकारीको एक रुपैयाँ पनि नखाएको भन्दै बयान दिएका हुन्। लामिछानेले प्रहरीलाई दिएको बयानमा भनेका कुराहरु नै दोहोर्‍याएका छन्। उनले  सहकारीमा आफ्नो संलग्नता नरहेको र त्यसको जिम्मेवारी जीबी राई नै रहेको बताएका छन्।

उनले आफूले कुनै पनि सहकारीसँग ऋण नलिएको र ऋणको प्रक्रियामा पनि सामेल नभएको बताएका छन्। गैरकानूनी ढंगबाट ऋण लिइएको जानकारी आफूलाई नभएको बताएका छन्। उनको बयान आज सकिएको छैन। बयान शुक्रबार पनि निरन्तर रहने बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार