तालिमको लागि कैलाली पुगेका स्वास्थ्य निरीक्षकको मोटरसाइकल दुर्घटनामा मृत्यु

२०८१ पुष १२, शुक्रबार

काठमाडौं : कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बिहीबार साँझ धनगढी उपमहानगरपालिका–३ स्थित ६ लेन सडकमा दुई मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा बाजुराको बडीमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको हो ।

उनी मार्तडी स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक डोटी शिखर नगरपालिका(११ बस्ने २५ वर्षीया शर्मिला थापा घाइते भएकी छिन् । उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका(५ बस्ने २५ वर्षीय पुरन शाहले चलाएको मोटरसाइकल र शर्मिलाले चलाएको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो । मृतक खत्री तालिमको लागि ९ गते धनगढी पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार