काठमाडौं : बालिका बलात्कार आरोपमा रोल्पा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–४ सिउरी बस्ने २२ वर्षीय हर्कबहादुर पुन मगर छन्।
उनीमाथि १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप छ। हर्कले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुलेलीबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनीमाथि अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।





