दुर्गा प्रसाईं रिहाविरुद्ध सरकार पुनरावलोकनमा जाने

२०८१ पुष १२, शुक्रबार

काठमाडौं : आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका दुर्गा प्रसाईंलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जाने भएको छ।

बन्दी प्रत्यक्षीकरणको रिटमा पुस ५ मा सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीले प्रसाईंलाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश गरेकोमा पुनरावलोकनको निवेदन दर्ता गर्न लागिएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता (सहन्यायाधिवक्ता) सूर्यराज दाहालले जानकारी दिए। प्रसाईंविरुद्ध प्रहरीले आपराधिक लाभ लिन नुहने र साइबर सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार