सकियो रवि लामिछानेको बयान

२०८१ पुष १२, शुक्रबार

पोखरा : पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान सकिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको दुई दिन बयान भएको हो । बिहीबारदेखि उनी माथि बयान सुरु भएकोमा शुक्रवार सकिएको अदालतका स्रेस्तेदार राजन खनालले बताए । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयन लिएकाे थियाे ।

लामिछानेसँगै अहिलेसम्म पूर्व डीआइजी छविलाल जोशी र लिला पछाईंको बयान सकिएको छ । सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा सहकारी ठगी संगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा अभियोग पत्र दायर गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार