प्रहरी जवान न्यौपानेले आफैँमाथि गरे गोली प्रहार

२०८१ पुष १२, शुक्रबार

काठमाडौँ : कञ्चनपुरस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेका छन् ।

आफैँले पेस्तोलमार्फत प्रहार गरेको गोली लागेर प्रहरी जवान चक्रप्रसाद न्यौपाने घाइते भएका छन् । न्यौपानेको निधारमा गोली लागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी नवराज कार्कीले बताए । न्यौपानेलाई उपचारको लागि महाकाली अस्पतालमा भर्ना गरिएको छ ।

उनको अवस्था गम्भीर रहेको कार्कीले बताए । जवान न्यौपाने जिल्ला प्रहरी कार्यालयको प्रबन्ध शाखामा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

ताजा समाचार