क्यानडामा सवारी दुर्घटनामा नेपाली युवतीको निधन

२०८१ पुष १३, शनिबार

काठमाडौं : क्यानडामा सवारी दुर्घटनामा परी नेपाली युवतीको ज्यान गएको छ।

१३ दिनअघि क्यानडाको ओन्टारियोस्थित लन्डन सहरमा पिकअप ट्रकको ठक्करबाट काठमाडौं घर भएकी एक युवती गम्भीर घाइते भएकोमा उनको उपचारका क्रममा निधन भएको हो।

उपचारका क्रममा बिहीबार उनको निधन भएको एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले बताए। उनी ९ महिनाअघि मात्रै क्यानडा पुगेकी थिइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार