घनश्यामको दाबी: ओलीको चाकरी नगर्दा भीम रावल निकालिए

२०८१ पुष १३, शनिबार

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको चाकरी नगर्दा एमालेबाट भीम रावल निष्कासित भएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।

‘कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन्,’ महासचिव भुसालले भने, ‘जसले चाकरी गर्दैन त्यो शत्रु हो, शत्रु होइन भने त्यसले चाकरी गर्छ ।’

रावलले चाकरी नगरेका कारण ओलीको शत्रु बनेको उनले टिप्पणी गरे । ‘भीम रावलले चाकरी गरेनन्, त्यसैले शत्रुका रूपमा निकालिनुभयो,’ भुसालले भने । यद्यपि एमालेका बसेका सबैले ओलीको चाकरी गर्दछन् भन्ने ठान्न भने नहुने उनले बताए ।

महासचिव भुसालले रावललाई आफ्नो पार्टी नेकपा एसमा आउन आग्रह गरे । उनले भने, ‘उहाँले के गर्नुहुन्छ भन्न सक्दिनँ । म हाम्रो पार्टीमा आउन आह्वान गर्दछु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार