एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छ : प्रधानमन्त्री ओली

२०८१ पुष १४, आईतवार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

नेपाल संवत् ११४५ का अवसरमा नेकपा एमालेको काठमाडौं महानगर कमिटीद्वारा शनिबार वसन्तपुरमा आयोजित जलपान कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले एकताबद्ध प्रयासबाट मुलुकलाई शान्त र समृद्ध बनाउन सकिने बताए । ‘कला, संस्कृति र सभ्यतामा धनी हामीले आफ्नो राष्ट्रिय पहिचान र संस्कृतिलाई बचाएर मानव जगतको कल्याणका लागि काम गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने ।

त्यस अवसरमा एमाले पोलिटब्युरो सदस्यहरु आनन्द पोखरेल, रामेश्वर फुयाँल, केन्द्रीय सदस्य शान्ति अधिकारी, काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत महानगर कमिटीका सदस्य सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार