काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का महसुस

२०८१ पुष २३, मंगलवार

काठमाडौँ : काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ।

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।

भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका थिए । काठमाडौंसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुरलगायत जिल्लामा समेत धक्का महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
4
+1
3
+1
8
+1
9
+1
1
+1
1

ताजा समाचार