कुलमानलाई प्राधिकरणबाट हटाए माओवादीले प्रतिवाद गर्ने

२०८१ पुष २३, मंगलवार

काठमाडौं : नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारीबाट हटाए प्रतिवाद गर्ने जनाएको छ। आजको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य रञ्जित तामाङले घिसिङलाई सरकारले पदबाट हटाए माओवादी सडक आन्दोलनमा जानुपर्ने बताएका छन्।

घिसिङलाई सरकारले हटाएर तत्काल सडक संघर्षमा जानुपर्ने उनको भनाइ थियो।

सोमबार मात्रै घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई ९ बुँदे स्पष्टीकरण सोधेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार