चितवन : सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ ।
नारायणगढको कमलनगरमा गगहाउस सञ्चालन गर्दै आएका ३८ बर्षीय युवा व्यवसायी गैरेको उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो । पौष १ गते चितवनको माडीमा लायन्सक्ल अफ नारायणगढ प्रोफेसनलको आयोजनामा भएको न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रममा सहभागि भएर फर्कने क्रममा चितवन निकुञ्जको जंगलमा कार दुर्घटनामा परि गैरे गम्भिर घाइते भएका थिए ।
गैरेका बुबा, आामा, श्रीमती, र तीनछोराहरु छन् । गैरेको निधनले परिवार शोकमा डुवेको छ ।