कतारको सहयोगमा बंगलादेशकी पूर्वप्रधानमन्त्री जिया लण्डन प्रस्थान

२०८१ पुष २४, बुधबार

काठमाडौँ : बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की प्रमुख खालिदा जिया उपचारका लागि लण्डन प्रस्थान गरेकी छन्। बीबीसीको बंगाली सेवाका अनुसार उनी मंगलबार राति कतारले पठाएको एयर एम्बुलेन्समार्फत लण्डन प्रस्थान गरेकी हुन्। बिएनपीले खालिदा लण्डन पुगेपछि सिधै क्लिनिकमा भर्ना हुने जानकारी दिएको छ।

डाक्टरको अनुरोधमा उनलाई अमेरिकाको जोन हप्किन्स युनिभर्सिटी अस्पतालमा पनि उपचारका लागि लैजान सकिन्छ। खालिदा जिया कलेजो, मुटु र मृगौला सम्बन्धी रोगबाट पीडित छिन्। बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि खालिदा जिया जेलबाट रिहा भएकी हुन्। उनी भ्रष्टाचारको आरोपमा जेल परेकी थिइन् र उनलाई १७ वर्षको जेल सजाय सुनाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार