सप्तरी : सप्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। कंचनरूप नगरपालिका- ८ मा ग.२ ख ११७५ नम्बरको ट्रकले को.३३ प ७२४८ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही नगरपालिका-७ बस्ने २९ वर्षीय सुनिल कुमार साह रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा मृत्यु भएको हो ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ।





