काठमाडौं : लस एन्जलसको जंगलमा लागेको आगो अमेरिकाका धेरै ठाउँमा फैलिएको छ । २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ ।
दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको बताएका छन् । यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा छन् ।
केही भिडियो फुटेजहरूले प्यासिफिक पालिसेड क्षेत्र नजिकका क्षेत्रहरूमा घरहरूबाट बाक्लो धुवाँ निस्किरहेको देखाउँछन्। यहाँ बसोबास गर्ने मानिसहरु आफ्नो घर र सवारीसाधन छोडेर भागेको देखिन्छ । क्यालिफोर्नियामा लाखौं मानिसहरूका लागि चेतावनी जारी गरिएको छ। आगो अझै फैलिने खतरा छ ।





