वैचारिक रूपमा प्रतिस्पर्धा गरौँ, पतित राजनीतिभन्दा माथि उठौँ : धनराज गुरुङ

२०८१ पुष २४, बुधबार

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पतित राजनीतिभन्दा माथि उठ्न आग्रह गरेका छन्।

६ वर्ष पहिले बोलेको विषय काटेर सामाजिक सञ्जालमा ‘भाइरल’ गराइएको उल्लेख गर्दै उनले यस्तो आग्रह गरेका छन्। ‘वैचारिक रूपमा प्रतिस्पर्धा गरौँ। पतित राजनीतिभन्दा माथि उठौँ,’ उनले भनेका छन्।

अगाडि उनी भन्छन्, ‘झन्डै ६ वर्ष पहिले तत्कालीन नेकपाको सरकारविरुद्ध तत्कालीन प्रतिपक्ष दल नेपाली कांग्रेसले गरेको आन्दोलनको मेरो भाषणको भिडिओ क्लिप हाल सामाजिक सञ्जालमा प्रचार गरेर प्रोभोक गर्ने कार्य खेदजनक छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार