सहकारी प्रकरण: सरकारी वकिलले समय मागेपछि थुनछेक बहस स्थगित, रविलाई प्रहरीको जिम्मा लगाइयो

२०८१ पुष २८, आईतवार

काठमाडौं : काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्न निर्देशन दिँदै न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो। योसँगै रवि थुनछेक बहस नसकिएसम्म प्रहरीको नियन्त्रणमा रहने भएका छन्।

उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राख्ने तयारी छ। सरकारी वकिल पक्षले लामिछानेको बयान अध्ययन गर्न समय आवश्यक रहेको जनाउँदै थुनछेक बहस अगाडि नबढाउन आग्रह गरेपछि इजलासले लामिछानेलाई प्रहरी जिम्मा लगाउने निर्णय गरेको अदालतका सूचना अधिकारी अम्मरबहादुर चन्दले बताए।

बयानपछि लामिछानेले परिवारको जिम्मा लगाउन आग्रह गरेका थिए तर, न्यायाधीशले प्रहरीकै जिम्मा लगाउन उपयुक्त ठहर गरेपछि उनलाई प्रहरीकै जिम्मा लगाइएको हो। आइतबार (आज) बिहान अदालतमा उपस्थित भएका लामिछानेको बयान दिनभर चलेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार