कार्यकक्षमा काम गर्दागर्दै कृषि विकास अधिकृतको मृत्यु

२०८१ पुष २८, आईतवार

दैलेख : दैलेखमा एक कृषि विकास अधिकृतको कार्यकक्षमा काम गर्दागर्दै मृत्यु भएको छ ।

कार्यालयको काम गरिरहेकै बेला हृदयघात भई कृषि विकास कार्यालय दैलेखका कृषि विकास अधिकृत ५६ वर्षीय राजु भूजको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिए । आज दिउँसो कार्यकक्षमा काम गरिरहेकै बेला असहज महसुस भयो भनी भवनमै रहेको निवासमा गएका उनी ओछ्यानमै ढलेको अवस्थामा भेटिएको कर्मचारीहरूले बताएका छन् ।

भूजलाई तत्कालै दैलेख जिल्ला अस्पतालमा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । कपिलवस्तु स्थायी घर भएका भूज जागिरको शिलशिलामा दैलेखमा विवाह गरी दुल्लू नगरपालिका–७ कीर्तिखम्बमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार