काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राजनीतिक दल राजनीतिक दलाल जस्तो भएको आरोप लगाएका छन् ।
राष्ट्रिय सूचना आयोगले आइतबार काठमाण्डौमा आयोजना गरेको ‘राजनैतिक दलमा सूचनाको हक सम्बन्धी कानुनको अभ्यास’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । राजनीतिक दलहरुप्रतिको अविश्वास बढ्दो छ । दलहरुले कानुन बनाउने तर दलहरुले नै कानुनको पालना नगर्ने समस्या पनि रहेको उनको भनाइ छ ।
निर्वाचनमा टिकट वितरणको आधार, पार्टीको आम्दानीको स्रोत र दलहरुको निर्वाचनको बेलाको खर्च पनि अपारदर्शी हुने सूचना आयोगको प्रतिवेदनमा बस्नेतले सहमति जनाएका हुन् । राज्यले सूचनाको वर्गिकरण गर्ने कार्यलाई अगाडि बढाउनु पर्ने बस्नेतले बताए ।





