सचिवहरूको सरुवा, को कहाँ पुगे ?

२०८१ पुष २८, आईतवार

काठमाडौं : सरकारले केही सचिवहरूको सरुवा गरेको छ।

मन्त्रिपरिषदको पुस २६ गतेको निर्णयअनुसार विनोद सिंहलाई पर्यटन मन्त्रालय, कृष्णहरि पुस्करलाई श्रम रोजगार तथा सामाजिक मन्त्रालय, लक्ष्मी बस्नेतलाई महिला तथा बालबालिका मन्त्रालय, रविलाल पन्थलाई संघीय मामिला मन्त्रालय र भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ।

गणेश पाण्डेलाई महालेखा नियन्त्रण कार्यालय, दिनेश भट्टराईलाई उपराष्ट्रपति कार्यालय, हरि लम्साललाई युवा तथा खेलकुद मन्त्रालय र सुमन लाल अर्याल र चूडामणि शर्मा पौडेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो।

त्यस्तै मुकुन्दप्रसाद निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालय, महादेश पन्थलाई बागमती प्रदेश सचिव, मदन भुजेललाई कामु मधेश प्रदेश र बाबुराम अधिकारीलाई कामु लुम्बिनी प्रदेश सचिवमा सरुवा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार