काठमाडौं : सरकारले दुई जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले डीआईजीद्वय कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। गत १७ पुसमा उनीहरूलाई बढुवा समितिले एआईजीका लागि सिफारिस गरेअनुसार शुक्रबारको मन्त्रिपरिषद्ले निर्णय गरेको एक मन्त्रीले हाम्रोदेशलाई जानकारी दिए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्य र प्रदेश समन्वय विभाग प्रमुख भरतबहादुर बोहरा अवकाश भएपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरेको हो ।





